आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि बढ्यो सुनको भाउ

एक्सप्रेस पाना
चैत्र १७, २०७८ बिहीबार
  • 299
    SHARES
  • फेरि बढ्यो सुनको भाउ

    चैत १७ काठमाडौं । साताको पाँचैं दिन आज (बिहीबार) सुनको भाउ एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

    images

    यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
     
    बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने  १० रुपैयाँ घटेको छ । बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ  निर्धारण भएको छ ।