आइतबार, कार्तिक १६ गते २०८३
images
images

जागिरेलाई ऋण दिने राष्ट्र बैंकको घोषणा,अधिकतम २५ लाखसम्म क - कसले पाउलान् ?

एक्सप्रेस पाना
श्रावण २९, २०७८ शुक्रबार
  • 322
    SHARES
  • जागिरेलाई ऋण दिने राष्ट्र बैंकको घोषणा,अधिकतम २५ लाखसम्म क - कसले पाउलान् ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। उक्त मौद्रिक नीतिमा जागिर गर्नेहरुलाई २५ लाख रुपैयाँसम्म ऋण दिने राष्ट्र बैंकले घोषणा गरेको छ।

    images

    जागिरेहरुको आधार दरमै ऋण दिने व्यवस्था गरेको मौद्रिक नीतिकमा उल्लेख गरिएको छ। गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो ऋण २५ लाख रुपैयाँसम्म दिने घोषण गरेको हो।

    यो ऋण पाउनेहरुमा डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक र अन्य कर्मचारी रहेका छन्। यसको ब्याज दर जुन संस्थाबाट ऋण लिने हो त्यसको आधार दर बराबर हुने जनाइएको छ। यो ऋण २ वर्षका लागि उपलब्ध गराइने बैंकले जनाएको छ। यसका लागि धितो भने अनिवार्य गरिएको छ।

    images