बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई स्वागत गरेको भिडियो राख्दै भारतीय विदेश मन्त्रालयले भन्यो– एक विशेष मित्रको भव्य स्वागत

एक्सप्रेस पाना
चैत्र १८, २०७८ शुक्रबार
  • 425
    SHARES
  • प्रधानमन्त्री देउवालाई स्वागत गरेको भिडियो राख्दै भारतीय विदेश मन्त्रालयले भन्यो– एक विशेष मित्रको भव्य स्वागत

    चैत १८ काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको एक विशेष मित्र भएको बताएका छन् । 

    images

    तीन दिने भारतको औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै उनले सो कुरा बताएका हुन् । 

    ‘एक विशेष मित्रको भव्य स्वागत,’ भारतीय रक्षा तथा पर्यटन सहायकमन्त्री अजय भट्टले स्वागत गरेको १८ सेकेण्डको भिडयो ट्वीटरमा राखी बागचीले लेखेका छन् । 

    images

    ट्वीटरमा उनले गत जुलाईमा प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो द्वपक्षीय विदेश भ्रमण भएको समेत उल्लेख गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारत भ्रमणमा गएका हुन् । 

    प्रधानमन्त्री देउवासँग स्थानीय समय अनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गर्नेछन् ।न्युज कारखाना

    त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम रहेको छ ।