बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकीपन सकियो : प्रचण्ड

एक्सप्रेस पाना
चैत्र १८, २०७८ शुक्रबार
  • 541
    SHARES
  • देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकीपन सकियो : प्रचण्ड

    चैत १८ काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकपनले सकिएको आरोप लगाएका छन् । 

    images

    शुक्रबार काभ्रेका व्यक्तिलाई माओवादीमा प्रवेश गराउँदै उनले भने, ‘सबैको विश्वास जितेर निर्वाचनमा होमिएका थियौँ । निर्वाचनमा गइसकेपछि राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपनासहित हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कोसिस पनि गर्‍यौंँ । तर, हामीले जे सपना देखेका थियौँ, एकजना व्यक्तिको कारणले, खासगरी केपी ओली खलनायक भइदिएका कारण त्यो सपना पूरा हुन पाएन ।’ 

    केपी ओलीले संविधान खारेज र उल्ट्याउने प्रयास स्वरुप प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले आउने निर्वाचनमा ओली र एमालेलाई पराजित गर्नुपर्ने बताए । 

    images

    देशको परिवर्तन ल्याउने काम माओवादीले मात्र सक्ने भन्दै उनले यसको पुष्टि गत स्थानीय तहमा माओवादीले जितेको पालिकाको प्रगतिले गरेको बताए । देश संकटमा परेका बेला माओवादीले जोगाएको उनको दाबी छ ।