शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

देउवा र मोदीले चार परियोजना संयुक्त रुपमा उद्घाटन गर्ने

एक्सप्रेस पाना
चैत्र १९, २०७८ शनिबार
  • 457
    SHARES
  • देउवा र मोदीले चार परियोजना संयुक्त रुपमा उद्घाटन गर्ने

    चैत १९ काठमाडौं । भारतको नयाँदिल्लीमा आज नेपाल-भारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्दैछन् । 

    images

    निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार मध्यान्ह साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न हुनेछ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नेछन् । 

    बैठक सम्पन्न भएपछ दुवै देशका प्रधानमन्त्रीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम भने भर्चुअल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  संयुक्त रुपमा उद्घाटन गरिने परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।  हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोर्ट मार्फत यी परियोजनाको उद्घाटन गर्नेछन् । 

    images