आइतबार, कार्तिक १६ गते २०८३
images
images

भिरबाट लडेर एक वृद्धको मृत्यु

एक्सप्रेस पाना
श्रावण ३०, २०७८ शनिबार
  • 274
    SHARES
  • भिरबाट लडेर एक वृद्धको मृत्यु

    बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् ।

    images

    आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टङ्कराज पण्डितले राससलाई जानकारी दिनुभयो ।

    उहाँले दिएको जानकारीअनुसार बिहान ७ः०० बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खबर गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको पण्डितले बताउनुभयो । रासस

    images