आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट

एक्सप्रेस पाना
चैत्र २३, २०७८ बुधबार
  • 273
    SHARES
  • सुनको मूल्यमा गिरावट

    चैत २३ काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

    images

    यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
     
    बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।