शनिबार, भाद्र २७ गते २०८३
images

ठमेलमा पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक जना भारतीय पक्राउ

एक्सप्रेस पाना
चैत्र २३, २०७८ बुधबार
  • 403
    SHARES
  • ठमेलमा पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक जना भारतीय पक्राउ

    चैत २३ काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका-२ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो । 

    images

    उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।