आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजारमा दोहोरो अंकको गिरावट

एक्सप्रेस पाना
चैत्र २३, २०७८ बुधबार
  • 482
    SHARES
  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    चैत २३ काठमाडौं । नेपाली सेयर बजार नेप्से बुधबार पनि दोहोरो अंकले घटेको छ । नेप्से  २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेको छ । २४५१ मा खुलेको बजार २३ अंकको गिरावटपछि २४ सय २८ दशमलब ४१ बिन्दुमामा बजार बन्द भएको छ।

    images

    बुधबार २२६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार लगातार घटे पनि होटेल इन्डेक्स २ दशमलब ०२ प्रतिशत र अदर्श शून्य दशमलब ३२ प्रतिशतले बढेको छ ।

    बुधबार नेश्डो लघुवित्त १० प्रतिशतले बढेर १५ सय ४५ दशमलव ५ रुपैयाँ, सोल्टी होटेल ३ दशमलब ९९ प्रतिशत बढेर २ सय ३७ र तारागाउँ ३ दशमलब ९४ प्रतिशतले बढ्दा अन्तिम कारोबार तीन सय ६९ रुपैयाँमा भएको छ।

    images

    इमर्जिङ नेपालको नकारात्मक सर्किट लागेर ११ सय ९० दशमलव ७, ५ दशमलव ४७ प्रतिशतले घट्दा राष्ट्र उत्थान १६६० र बुद्धभूमि ४ दशमलक ०७ प्रतिशत घटेर अन्तिम कारोबार ५६६ रुपैयाँ भएको छ ।