शनिबार, भाद्र २७ गते २०८३
images

काठमाडौंका विभिन्न ठाउँबाट सात वटा बुलेट बाइक बरामद 

एक्सप्रेस पाना
चैत्र २४, २०७८ बिहीबार
  • 437
    SHARES
  • काठमाडौंका विभिन्न ठाउँबाट सात वटा बुलेट बाइक बरामद 

    चैत २४ काठमाडौं । प्रहरी बेवारिसे अवस्थामा रहेका सात थान रोयल ईन्फिल्ड कम्पनीका बुलेट बाइक बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट करिब २१ लाख मूल्य बराबरका बुलेट बाइक बरामद गरेको हो ।

    images

    भारतीय नाकाबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइ नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सात थान बुलेट बाइक बरामद गरेको हो । बरामद मोटरसाइकललाई आवश्यक कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको महाशाखाले जनाएको छ । 

    सबै बाइकमा नक्कली नेपाली नम्बर राखिएको थियो । 

    images