बिहीबार , कार्तिक २० गते २०८३
images
images

बारको अध्यक्षमा गोपालकृष्णा घिमिरे निर्वाचित

एक्सप्रेस पाना
चैत्र २५, २०७८ शुक्रबार
  • 379
    SHARES
  • बारको अध्यक्षमा गोपालकृष्णा घिमिरे निर्वाचित

    चैत २५ काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । यद्यपी मतगणना भने बाँकी नै छ । घिमिरे १३ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन्। 

    images

    बिहीबार रातिसम्मको मत परिणाम अनुसार बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार घिमिरेलेले ३७ सय २८ मत प्राप्त गर्दा गप्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९ सय ७७ मत प्राप्त गरेका छन्। 

    उषामल्ल पाठकका अनुसार बिहीबार रातिसम्म ६ हजार मत गणना भएको छ। अब मत काजिअ बार ६५० र उच्च बार पाटन ७३७ गरि जम्मा १३८७ मात्रै गर्न बाँकी छ। घिमिरे पाठकभन्दा १७ सय ५१ मतले अगाडि छन्। अब गणना गर्न बाँकी सबै मत अधिकारीले पाए पनि घिमिरेको भन्दा कमै हुन्छ। 

    images

    आज अपरान्ह ३ बजेसम्म सबै मतगणना सक्ने तयारी भइरहेको पाठकले बताइन्। मतगणना विहान ९ बजेबाट सुरु हुने छ।  त्यस्तै, पदाधिकारीमा पनि घिमिरे समूहकै अग्रता रहेको छ।