आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि बढ्यो

एक्सप्रेस पाना
चैत्र २५, २०७८ शुक्रबार
  • 565
    SHARES
  • सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि बढ्यो

    चैत २५ काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार  निर्धारण भएको छ ।  

    चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।

    images