बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस गाउँपालिका सभापतिसहित दर्जन बढी कार्यकर्ता माओवादीमा प्रवेश

एक्सप्रेस पाना
चैत्र २५, २०७८ शुक्रबार
  • 526
    SHARES
  • कांग्रेस गाउँपालिका सभापतिसहित दर्जन बढी कार्यकर्ता माओवादीमा प्रवेश

    चैत २५ काठमाडौं । नेपाली कांग्रेस हेलम्बुका निबर्तमान गाउँपालिका सभापति बिजयसिंह तामाङसहित थुप्रै नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

    images

    पार्टीमा व्यक्तिवाद र निरंकुशता हावी भएको भन्दै नेपाली कांग्रेस हेलम्बुका निवर्तमान पालिका सभापति विजय तामाङसहित दर्जन बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

    पुर्व सभापति तामाङसहित युवा नेता साङ्गे तामाङ, नेकपा एमाले हेलम्बु गाउँपालिका कमिटी सदस्य पाल्देन तामाङ लगायतका दर्जन बढी प्रवेशीहरुलाइ खुमलटारमा अध्यक्ष प्रचण्ड, केन्द्रिय सदस्य तथा पुर्वमन्त्री युवराज दुलाल, बागमती प्रदेश सदस्य भरत थापा, गाउँपालिका अध्यक्ष पेमा लामा लगायतका नेताहरूले स्वागत गरेको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य समीर गिरिले जानकारी दिए । 

    images

    माओवादी प्रवेश गर्दै पुर्व सभापति तामाङले नेपाली काङ्ग्रेसमा व्यक्तिवाद हावी हुँदै गएकाले इमानदार नेता कार्यकर्ताको कुनै भविष्य नरहेको बताए । कांग्रेसले हेलम्बुमा ५ बर्ष एकलौटी स्थानीय सरकार चलाउँदा पनि जनताको पक्षमा कुनै गर्न नसकेको भन्दै नेता तामाङले संघीयता लगायतका एजेन्डाहरु ल्याउने माओवादीले मात्रै त्यसको मर्मअनुसार काम गर्न सक्छ भन्ने विश्वासले माओवादी प्रवेश गरेको बताए ।