चैत २६ झापा । जिल्लाको दमक नगरपालिका ५ पूर्व–पश्चिम लोकमार्गस्थित दमक बजारबाट चैत्र २४ गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको ४५ बोरा चिनीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको शिवसतासी नगरपालिका ५ पानमारा बस्ने ४२ बर्षिय बिनोद साह छन् । प्रदेश नं. १–०१–००१ च ६९९७ नम्बरको म्याजिक गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सो भ्यान समेत बरामद गरिएको छ ।
करीव २८ लाख मुल्य बराबरको सामानसहित ट्रक बरामद : पर्सा जिल्लाको विरगंज महानगरपालिका १५ लक्ष्मनवास्थित पूर्व–पश्चिम लोकमार्गबाट चैत्र २५ गते सशस्त्र प्रहरीले करीव २८ लाख ४२ हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक, हार्डवयर तथा अन्य सामान बरामद गरेको छ ।
ना ३ ख ६९९ नम्बरको ट्रकमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानको प्रज्ञापन पत्र नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्रकको भन्सार दाखिला मुल्य २५ लाख रुपैयाँ रहेको छ ।
कटुवा पेस्तोल बरामद : रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ कप्तानटोल ईलाकाबाट चैत्र २४ गते सशस्त्र प्रहरीले १ थान कटुवा पेस्तोल बरामद गरेको छ । बेवारीसे अवस्थामा रहेको उक्त पेस्तोल सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहालको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद पेस्तोल नेपाल प्रहरीलाई बुझाईको छ ।
नौ लाख भन्दा बढि मुल्य बराबरको लत्ताकपडा बरामद : पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका २ मुडेरस्थित दुई घरको खाली जमिनमा त्रिपालले छोपी लुकाई छिपाई राखेको ९ लाख ३१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवपरासी मातहतमा रहेको बिओपी हरपुरबाट खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले उल्लेखित मुल्य बराबरको १५ वटा पोकामा रहेको १ हजार ८ सय ६२ पिस लेडिज सुट बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाईको छ ।
अवैध सालको काठ सशस्त्र प्रहरीद्वारा बरामद : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका २ जबदीस्थित सप्तकोशी खोलाको किनारबाट चैत्र २४ गते सशस्त्र प्रहरीले करीव १ लाख २१ हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको करीव २३ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय चतरामा बुझाईएको छ ।


