आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 317
    SHARES
  • सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो

    चैत्र २७ काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।

    images

    यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

    images