आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई पे र दराजवीच सम्झौता

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 296
    SHARES
  • आइएमई पे र दराजवीच सम्झौता

    चैत २७ काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ । 

    images

    उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रवन्धक श्री प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक श्री जोनाम भुर्तेलले हस्ताक्षर गरे । आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि २०७९ बैशाख ७ को दिन सम्मकोलागि आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन विहान १२ देखि १२ः३० सम्म १० प्रतिशत छुट, रु. १००० अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टा पछि दैनिक Rush Hour आधा–घण्टामा १० प्रतिशत छुट अधिकतम रु.७५० सम्म हुने ब्यवस्था मिलाइएको छ । 

    च्गकज ज्यगच कोसमय बिहान ८ बजे देखि ८ः३० सम्म र दिउँसो ३ बजे देखि ३ः३० सम्म हुनेछ साथै दराजको रु. १ को गेममा पनि सहभागि भएर Samsung A03 Core, Q&U Queen Size Bed 7 X 5 ft, NARZO 50 (Narzo by realme) जस्ता आकर्षक उपहार पनि जित्न सकिनेछ । यस अभियानको मोडालिटी सामूहिक भाउचर हुनेछ जहाँ प्रयोगकर्ताले IME Pay भौचर सङ्कलन गरी छुट रिडिम गर्नेछन् । 

    images

    यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास आइएमई पेलेलिएको छ ।