चैत २७ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको "कार्यलय बैठक" संघको केन्द्रिय कार्यलय, बबरमहलमा सम्पन्न भएको छ ।
युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश शाहीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तह निर्वाचनलाई लक्षित गरि केन्द्रिय सूचना ब्यूरो- CIB गठन भएको छ । ब्यूरोको नेतृत्व संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राई (सम्योजक) र केन्द्रिय सचिब तथा कार्यालय प्रमुख नरेश गिरि (सह-सम्योजक) रहने गरि सबै प्रदेश कमिटीका अध्यक्षहरु सदस्य रहने निर्णय गरेका छन् ।
बैठकको प्रमुख अतिथि नेकपा एसका पोलिटब्युरो तथा युवा फाट इन्चार्ज दिल कुमारीले आगामी निर्वाचन पार्टीको पक्षमा पार्न युवा संघको विशेष भुमिका रहने बताउनु भएको थियो । बैठकले पार्टी संगठन छोडेर जानेलाई कार्वाही गरेको र लुम्बिनी प्रदेशको अध्यक्षमा संघका सचिब प्रकाश भट्टराईलाई जिम्मेवारी प्रदान गरेको संघ नेता नरेश गिरिले बताए ।
.jpg)


