आइतबार, कार्तिक १६ गते २०८३
images
images

हाइटीमा शक्तिशाली भूकम्प : १८ सयजना घाइते, ३०४ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण ३१, २०७८ आइतबार
  • 285
    SHARES
  • हाइटीमा शक्तिशाली भूकम्प  : १८ सयजना घाइते,  ३०४ जनाको मृत्यु

    हाइटीमा शक्तिशाली भूकम्प जाँदा  १८ सयजना घाइते भएका छन् भने ३०४ जनाको मृत्यु भएको छ ।

    images

    त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

    स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो ।

    images

    यसको इपिसेन्टर सेन्ट-लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।