सोमबार, भाद्र २९ गते २०८३
images

अफगानिस्तानका काबुलबाहेक मुख्य सहर तालिबानको कब्जामा

एक्सप्रेस पाना
श्रावण ३१, २०७८ आइतबार
  • 352
    SHARES
  • अफगानिस्तानका काबुलबाहेक मुख्य सहर तालिबानको कब्जामा

    काठमाडौँ । अफगानिस्तानमा तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन्। आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन्।

    images

    सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन्।

    शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर-इ-सरिफमा कब्जा जमाएका थिए। तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन्।

    images