आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनआईसी बैंकको नयाँ वर्ष योजना : दराजबाट सामान किनमेल गरी डिजिटल भुक्तानी गर्दा यति धेरै छुट पाउँनुहोस्

एक्सप्रेस पाना
चैत्र २९, २०७८ मंगलबार
  • 492
    SHARES
  • एनआईसी बैंकको नयाँ वर्ष योजना : दराजबाट सामान किनमेल गरी डिजिटल भुक्तानी गर्दा यति धेरै छुट पाउँनुहोस्

    चैत २९ काठमाडौं । एनआईसी एश्यिा बैंकले नयाँ वर्ष २०७९ मा सम्पूर्ण ग्राहक महानुभावहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ । 

    images

    यस आकर्षक योजना अन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, Sastodeal बाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र Gyapu बाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ । 

    त्यसैगरी CG/LG Digital बाट २०७८ चैत्र ३० का दिन रू. २०,००० भन्दा बढीको सामग्री खरिद गरी उक्त बैंकका ग्राहकले एइक् तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा रू.२०७९ नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको बताएको छ । देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपण अनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुटको व्यवस्था समेत गरेको छ । 

    images

    यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नुहुनेछ । 

    यस योजना अनुसार उपर्युक्त ई–कमर्शबाट निम्नलिखित छुट प्रदान गरिएको छ :

    Screenshot (11).png