आइतबार, कार्तिक १६ गते २०८३
images
images

जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरीलाई प्रचण्डले गराए माओवादीमा प्रवेश

एक्सप्रेस पाना
चैत्र २९, २०७८ मंगलबार
  • 404
    SHARES
  • जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरीलाई प्रचण्डले गराए माओवादीमा प्रवेश

    चैत २९ काठमाडौं । जनता समाजवाद पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    images

    कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालयमा आयोजित कार्यक्रममा चौधरीसहित कांग्रेस, एमालेलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । चौधरी जसपा परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।  

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरीसहित नेता कार्यकर्ताको माओवादी प्रवेशले सुदूरपश्चिममात्र नभएर देशभर प्रभाव पर्ने बताएका छन् । 

    images

    देशको विकास र समृद्धि गर्ने पार्टी माओवादी रहेको र यही पार्टी चौधरी जस्ता नेता कार्यकर्ताको प्रवेश झनै सहयोग पुग्ने उनको भनाइ छ ।