चैत २९ काठमाडौं । नेपाल व्यवस्थापन संघ Management Association Nepal (MAN) द्वारा गत २६ गते होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठलाई MoutstandingManagement Award 2022 बाट सम्मानित गरेको छ ।
उक्त कार्यक्रममा सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गर्नु भएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले Management Association Nepal (MAN) लाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई
महत्वपुर्ण योगदान पु¥याउनु हुने सम्पुर्ण ग्राहकवर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पुर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गनुभयो ।
उक्त समाहरोहमा श्री श्र्ष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।
.jpg)


