शनिबार, भाद्र २७ गते २०८३
images

यौन दुर्व्यहार गरेको आरोपमा प्रध्यानध्पक पक्राउ

एक्सप्रेस पाना
चैत्र ३०, २०७८ बुधबार
  • 275
    SHARES
  • यौन दुर्व्यहार गरेको आरोपमा प्रध्यानध्पक पक्राउ

     चैत ३० खोटाङ । छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका  प्रध्यानध्पक इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार  गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

    images

    आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । घट्ना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले  प्रध्यानध्पक आचार्यलाई नियन्त्रणमा लिएको हो । घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । 

    शिक्षालयमा अध्ययनरत छात्रालाई पटक/पटक विभिन्न बहानामा यौनजन्य दुर्व्यहार  गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्वविका अध्यक्ष मोहन संग्रामले बताए ।

    images