एजेन्सी। अमेरिकामा बालबालीकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ। कोरोना संक्रमण भई अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको छ। समाचार संस्था रोयटर्सका अनुसार कोरोना भाइरस सक्रमण भएर अस्पताल भर्ना हुनेमा १२ वर्ष मुनिका बालबालिका रहेका छन्।
अमेरिकाभरि अहिले झन्डै २ हजार बालबालिका कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन्। बालबालिकाका लागि खोप नभएको र निकै संक्रामक डेल्टा भेरियन्टको संक्रमणको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको पाइएको हो। बालबालिकासँगै संक्रमित भएर अस्पताल भर्ना हुने युवाहरूको संख्या पनि अमेरिकामा बढेको छ।

