आइतबार, कार्तिक १६ गते २०८३
images
images

६ सयले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

एक्सप्रेस पाना
चैत्र ३०, २०७८ बुधबार
  • 669
    SHARES
  • ६ सयले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    चैत ३० काठमाडौं । साताको चौंथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको भाउ ६ सय रुपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

    मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।  

    images

    चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।