शनिबार, भाद्र २७ गते २०८३
images

२४ वर्षीया महिला बलात्कृत

एक्सप्रेस पाना
चैत्र ३०, २०७८ बुधबार
  • 337
    SHARES
  • २४ वर्षीया महिला बलात्कृत

    चैत ३० सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा २४ वर्षीय महिला बलात्कृत भएकी छन् । उक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही नगरपालिका–५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति पक्राउ गरेको छ । 

    images

    वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीबलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images