आइतबार, कार्तिक १६ गते २०८३
images
images

वर्षको अन्तिम दिन सेयर बजार हरियाली

एक्सप्रेस पाना
चैत्र ३०, २०७८ बुधबार
  • 293
    SHARES
  • वर्षको अन्तिम दिन सेयर बजार हरियाली

    चैत ३० काठमाडौं । वर्ष २०७८ को अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन शुक्रबार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ  ।

    images

    यसरी लगातार घटेको बजारदेखि दिक्क भएका लगानीकर्ता यस वर्षको अन्तिम दिन भने बजारले केही खुसियाली दिएको छ । बुधबारको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा हरियो, ३२ वटा रातो र ११ वटा स्थिर छन् । 

    कारोबारको रकम भनि मंगलबारको तुलनामा भन्दा पनि कमि आएको छ । शुक्रबार दुई सय २२९ वटा कम्पनीको २८९४५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ४७ करोड बराबरको भएको छ ।

    images

    अत्याधिक बढ्नेमध्ये अदर्श इन्डेक्स २ दशमलव २८ प्रतिशत, माइक्रो इन्डेक्स २ दशमलव १४ प्रतिशत  र होटेल इन्डेक्स १ दशमलव ५८ प्रतिशतले बढेको छ । सधै जसो  शुक्रबार पनि नेश्डो लघुवित्तले भने १० प्रतिशत  बढेर २२६२।७ मा अन्तिम कारोबार भएको छ । यसैगरी अत्याधिक बढ्नेमध्ये आर यम डिशी लघुवित्त ८ दशमलव‍ ९८ प्रतिशतले  बढ्दा १०४२, राष्ट्र उत्थान लघुवित्त ७ दशमलव १९  प्रतिशतले बढ्दा  १४००, मिथिला लघुवित्त ६ दशमलव ४९ प्रतिशतले बड्दा १५००,  स्वावलम्बन लघुवित्त ६ दशमलव ३ प्रतिशतले १२१५ मा  र जाल्पा लघुवित्त ६ दशमलव ११ प्रतिशतले बड्दा अन्तिम कारोबार ५२१ मा भएको छ।

    यसैगरी, अत्याघिक घट्नेमध्ये युनाइटेड इद मार्दी हाइड्रो २० अंक घट्दा ९४८ मा नयाँ शारथी लघुवित्त १९ अंक घट्दा ९८० मा र शिवश्री हाइड्रो ४ अंक घट्दा २९६ मा अन्तिम कारोबार भएको छ । अत्याघिक कारोबार हुनेमधेय शिवम् सिमेन्ट आठ करोड ४३ लाख बराबरको र अरुण हाइड्रो पावर पाँच करोड २१ लाख बराबरको भएको छ ।