बिहीबार , कार्तिक २० गते २०८३
images
images

ललितपुर महानगर मेयरको उम्मेदवारका लागि कांग्रेसले सिफारिस गर्‍यो सात जनाको नाम

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 344
    SHARES
  • ललितपुर महानगर मेयरको उम्मेदवारका लागि कांग्रेसले सिफारिस गर्‍यो सात जनाको नाम

    वैशाख २ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।

    images

    कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । कांग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो ।

    महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति  पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

    images