बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 455
    SHARES
  • कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

    वैशाख २ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ ।

    images

    उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुनेबारे आफ्ना धारणा राख्ने क्रम जारी छ ।

    समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्। समिति ५६ सदस्यीय रहेको छ । आजको बैठकमा जिल्लामा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्नेबारे छलफल भइरहेको छ ।

    images