बिहीबार , कार्तिक २० गते २०८३
images
images

स्थानीय निर्वाचन : ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको निर्णय

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 337
    SHARES
  • स्थानीय निर्वाचन : ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको निर्णय

    वैशाख २ काठमाडौं । नेपाली कांग्रेसले सात वटै प्रदेश र ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

    images

    शुक्रबार बसेको कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो । बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरि गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय हुन निर्देशन दिने निर्णय गरेको छ ।

    पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गतका पालिकामा प्रतिनिधि खटाउन निर्देश पनि गरेको छ ।

    images