आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रशासनको निर्देशन अटेर, बुझाएनन् हतियार

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 441
    SHARES
  • प्रशासनको निर्देशन अटेर, बुझाएनन् हतियार

    वैशाख ४ सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरे पनि अझै हतियार बुझाएको  छैन ।

    images

    जिल्ला भरिमा ३१४ थान इजाजत प्राप्त हतियार रहे पनि आइतबार ९४ वैशाख०सम्म २२ थान हतियारमात्र बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सबै हतियार नआएको जानकारी दिए । इजाजत प्राप्त हातहतियार नबुझाएकालाई गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने  प्रमुख जिल्ला अधिकारी कवाडीले जनाए । 

    images

    उनले भने, ‘प्रशासन कार्यालयले चैत मसान्तभित्र बुझाउन पत्र लेखेको थियो । यो अवधिमा ३१४ हातहतियारमध्ये  २२ थान हतियारमात्र बुझाएको छ, बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्नेछौं ।’

    सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेको हतियार प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएको थियो । जिल्ला प्रशासन कार्यायलले गत ७ चैतमा जारी गरेको सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ ।