शनिबार, भाद्र २७ गते २०८३
images

भक्तपुरको च्वङा गणेशमा डढेलो

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 420
    SHARES
  • भक्तपुरको च्वङा गणेशमा डढेलो

    वैशाख ४ काठमाडौं । भक्तपुरको च्वङा गणेशमा आइतबार साँझ डढेलो लागेको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो ।

    images

    दमकलको सहायताले झण्डै आधामा डढेलो नियन्त्रण भएको थियो । डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन । घटनास्थल नजिकै रहेका स्थानीयले समयमै दमकललाई खबर गर्दा ठूलो क्षति हुनबाट जोगिएकव छ ।

    'हामीले ४ बजेतिर डढेलो लागेको देख्यौं । म आफैँले दमकललाई फोन गरेँ,' नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्णभक्त दुवालले भने ।

    images

    यही नजिक सैनीक आवासयी स्कुल र भक्तपुरको पुरानो ऐतिहासिक रानीपोखरी रहेको छ । डा. इवामुरा अस्पताल सल्लाघारी भक्तपुरको उत्तरमा छ ।