बिहीबार , कार्तिक २० गते २०८३
images
images

स्थानीय निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने

एक्सप्रेस पाना
बैशाख ५, २०७९ सोमबार
  • 399
    SHARES
  • स्थानीय निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने

    वैशाख ५ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दैछन् ।

    images

    पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने बताए । 

    पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ । 

    images

    उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । गठबन्धन दलहरूको आजै महानगर र उपमहानगरमा तालमेल टुङ्गो लगाउने तयारी छ । त्यसका लागि बैठक केहीबेरमा बस्दै छ ।

    तर, आ–आफ्नै दाबीबाट दलहरू पछि हटेका छैनन् । जसले गर्दा महानगर र उपमहानगरको बाँडफाँट नै टुङ्गो लगाउन मुस्किल परेको छ । 

     े.