बिहीबार , कार्तिक २० गते २०८३
images
images

माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

एक्सप्रेस पाना
बैशाख ५, २०७९ सोमबार
  • 442
    SHARES
  • माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

    वैशाख ५ दाङ । माछा मार्न बनाएको बम पड्किँदा  लमही नगरपालिका–८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन् । घटना आइतबार बेलुकी भएको प्रहरीले जनाएको छ ।

    images

    लमही नगरपालिका–८ असानिस्थित राप्ती नदीमा माछा मार्न जाँदा माछामार्न बनाएको बम हातमा नै पड्किएको थियो । 

    बम पड्कँदा घाइते भएपछि उपचारको लागि उनीहरुलाई लमही दाङतर्फ पठाएको थियो । उपचार पश्चात १ जना डिश्चार्ज भएका छन् भने अन्य घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images