आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजार दोहोरो अंकले ओरालो

एक्सप्रेस पाना
बैशाख ५, २०७९ सोमबार
  • 277
    SHARES
  • सेयर बजार दोहोरो अंकले ओरालो

    वैशाख ५ काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले ‌ओरालो लागेको छ । लगातार बजार घट्ने क्रममा सोमबार पनि ४१ दशमलव ७७ अंकले ओरालो लागेको छ । कारोबारको दोस्रो दिन सोमबार १ दशमलव  ७५ प्रतिशतले घटेर  त्यही २३४३ दशमलव ८७ अंकमा आएर बजार बन्द भएको छ ।

    images

    २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा २०२ वटा रातो, २० वटा हरियो र ७ वटा स्थिर रहेका छन् ।  कारोबार रकममा पनि खासै ठूलो उतारचढाव देखिएको छैन । सोमबार २२९ वटा कम्पनीको ३१ हजार ८२५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको छ।

    बजार घटना क्रम जारी रहँदा पनि नेस्डो लघुवित्तले भने सोमबार पनि सर्किट लेभलमा  बढेर २७ सय ३७ दशमलव सात रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  सोमबार बढ्नेमध्ये ७ दशमलव ९८ प्रतिशतले दिव्यश्वरी हाइड्रोपावर बढेर २७२ मा  ६ दशमलव ०९ प्रतिशतले बढ्दा जाल्पा लगुवित्त ५७५ दसमलब १ मा अन्तिम कारोबार भएका छन् ।

    images

    अत्याधिक  घट्नेमध्ये नेपाल इन्फ्रास्ट्रकचर डेभलपमेन्ट ८ दशमलव ३३ प्रतिशतले घट्दा ५५० मा, हिमालयन ऊर्जा ७ दशमलव ५७ प्रतिशतले घट्दा  ३३६ दशमलव १ मा , इमर्जिङ नेपाल ७ दशमलव १ प्रतिशतले घट्दा ८३८ मा, ग्रिन लाइफ हाइड्रो ६ दशमलव  ०४ प्रतिशतले घट्दा ३८७६ मा, ५ दशमलव ९५ प्रतिशतले घट्दा युनिभर्शल पावर कम्पनी २४८मा र गुडविल फाइनान्स ५ दशमलव ८३ प्रतिशतले घट्दा ४८५ मा अन्तिम कारोबार भएको छ ।

    हाइडो इन्डेक्स २ दशमलव ९८ प्रतिशत र अदर्श इन्डेक्स २ दशमलव ८६  प्रतिशतले घटेको छ ।  अत्याधिक कारोबार हुनेमध्ये चार करोड ९९ लाख बराबरको नबिल बैंक, चार करोड ९१ लाख बराबरको हिमालयन डिस्टिलरी र चार करोड ५० लाख बराबरको  महालक्ष्मी विबिकास बैंक छन् ।