बिहीबार , कार्तिक २० गते २०८३
images
images

अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउँनै कठिन

एक्सप्रेस पाना
बैशाख ५, २०७९ सोमबार
  • 239
    SHARES
  • अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउँनै कठिन

    वैशाख ५ अर्घाखाँची । हैन, अर्घाखाँचीका स्थानीय तहमा गठबन्धनबाट को को उम्मेदवार हुने भए ? जिल्लाभर यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेको छ ।

    images

    स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन् ।

    साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्विप गर्ने योजनमा रहे पनि भागबन्डामै अल्झिदा चुनावी माहोल समेत बन्न सकेको छैन ।

    images

    नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भैरहेको नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाडै टुङ्याउने प्रयास भैरहेको उनको भनाइ छ । 

    विभिन्न चरणमा छलफल भैरहेका छन् । सहमतिमा पुग्ने प्रयास जारी छ । नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने सम्भवत आज साँझसम्म केही न केही निष्कर्ष आउँछ ।

    कहाँ अड्कियो हलो ?

    विगतमा आफूले जितेका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकामा सोही अनुसारको हैसियत माओवादी केन्द्रले दाबी गरिरहेको छ भने मालारानी समेत पालिका प्रमुख र उपप्रमुखसहित केही केही वडामा माओवादीको दाबी छ ।

    विगतमा एमालेले जितेका स्थान दाबी गरेको नेकपा एकीकृत समाजवादीले सन्धिखर्क र मालारानीमा  नेतृत्व मागिरहेको छ । सकेसम्म दुई पालिकासहित केही वडा मागिरहेको एकीकृत समाजवादीले कम्तिमा एक पालिका छोड्नै नसकिने जनाएको छ । 

    गत निर्वाचनमा भूमिकास्थानमा राम्रो मत पाएको र कार्यपालिकामा बहुमत भएको राष्ट्रिय जनमोर्चाले भूमिकास्थानसहित अन्य पालिकामा दावी गरेको छ । जनमोर्चाले भूमिकास्थानको नेतृत्वसहित पाँच वडा दाबी गरेको छ । त्यस्तै, मालारानीमा उपाध्यक्ष र सन्धिखर्कमा उपप्रमुखसहित केही वडामा जनमोर्चाको दाबी छ ।

    एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीलाई यसपटक संघीय संसद छिर्नबाट रोक्ने मनसाय बोकेको माओवादी केन्द्र जसरी पनि गठबन्धन कायम गर्ने पक्षमा छ । यद्यपि, माओवादीले बढी भाग खोजेका कारण गठबन्धननै संकटमा परेको ती नेताले बताए ।