वैशाख ६ गोरखा । पुर्वप्रधानमन्त्री एबम् जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई आज गोरखा आउँदै छन् ।
बैकल्पिक शक्तिलाई अझ बढी शसक्त र ब्यबहारिक बनाउनको लागि आज मंगलबार गोरखा बजारमा बिहानको ११ बजे हुने विशाल जनसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री भट्टराई, अध्यक्ष उपेन्द्र यादव र बरिस्ठ नेता अशोक राई लगायत अन्य नेताहरुको उपस्थित रहने भौतिक पूर्भधार तथा यातायात मन्त्रालयका स्वकीय सचिव पिटर कुमार श्रेष्ठले जानकारी दिए ।
उक्त सभा गोरखाकाे हरमटारीबाट सुरु गरि गोरखा बजार परिक्रमा गर्ने र पुनः हरमटारी खेलमैदान सम्पन्न हुने श्रेष्ठले बताए ।
.jpg)


