बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेसबाट माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा ९ जना आकांक्षी

एक्सप्रेस पाना
बैशाख ६, २०७९ मंगलबार
  • 255
    SHARES
  • कांग्रेसबाट माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा ९ जना आकांक्षी

    वैशाख ६ पोखरा । नेपाली कांग्रेसबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नौ जनाले आकांक्षा देखाएका छन् । उपाध्यक्षमा भने ६ जनाले नाम टिपाएका छन् ।

    images

    अध्यक्षका लागि पालिका सभापति तथा वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङ, नेताहरु खुशीमान गुरुङ, मीनबहादुर गुरुङ, भीमबहादुर गुरुङ, टेकनशोभा गुरुङ, दीपकराज पौडेल, केशवराज अधिकारी, कृष्णकुमारी गुरुङ र विष्णुबहादुर क्षेत्रीको दाबी छ ।

    उपाध्यक्षमा सीता अधिकारी, लक्ष्मी लम्साल, मीनादेवी सुवेदी, पूमाकुमारी शर्मा पौडेल, जुना कुमारी जिसी र गीता क्षेत्रीको आवेदन परेको कांग्रेसले जनाएको छ । गठबन्धनमा कुरा नमिलेपछि कांग्रेसले आन्तरिक रुपमा आफ्नो उम्मेद्वार खोजी थालेको हो । 

    images