शनिबार, भाद्र २७ गते २०८३
images

बालयौन दुरुपयोग गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

एक्सप्रेस पाना
बैशाख ६, २०७९ मंगलबार
  • 340
    SHARES
  • बालयौन दुरुपयोग गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

    वैशाख ६ ओखलढुङगा । १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

    images