शनिबार, भाद्र २७ गते २०८३
images

उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

एक्सप्रेस पाना
बैशाख ६, २०७९ मंगलबार
  • 426
    SHARES
  • उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

    वैशाख ६ काठमाडौं । प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

    जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले प्यारालाइसिस भएको भन्ने बहाना बनाई वीर अस्पतालमा भर्ना भएका थिए । उपचारत रहेको अवस्थामा गत चैत २९ गते राति अस्पतालबाट फरार भएका थिए ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो । 

    उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको छ । न्युज कारखाना