आइतबार, कार्तिक १६ गते २०८३
images
images

लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार

एक्सप्रेस पाना
बैशाख ८, २०७९ बिहीबार
  • 464
    SHARES
  • लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार

    वैशाख ८ काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् । यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

    images

    यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुचँ नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

    साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपुर्ण फड्को मार्ने विश्वास लिएको छ ।

    images