आइतबार, कार्तिक १६ गते २०८३
images
images

काबुल विमानस्थलमा अमेरिकी सेनाको फाएर, सैन्य उडान बाहेक सबै रद्द  

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 399
    SHARES
  • काबुल विमानस्थलमा अमेरिकी सेनाको फाएर, सैन्य उडान बाहेक सबै रद्द  

    एजेन्सी। अमेरिकी सेनाले अफगानिस्तानको काबुलस्थित विमानस्थलमा गोली चलाएको छ। सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

    images

    तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन्। अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ। डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ।

    अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ। साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ। समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन्। नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ।

    images

    अहिले हजारौंको संख्यामा अफगानी नागरिकहरु पनि मुलुक छाड्न विमानस्थलमा पुगेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमानस्थलको गेटमा मानिसहरुको ठूलो भीड देख्न सकिन्छ। केही यात्रुहरुलाई उडान रद्द गरिएसँगै विमानबाट निकालिएको देखिएको छ। अफगानी व्यवसायी सोएइब बाराकले आफूलाई काम एयरको फ्लाइटबाट निकालिएको बताएका छन्। उनका अनुसार विमानस्थलमा गोली चलेसँगै उडान रद्द गरिएको हो।