बिहीबार , कार्तिक २० गते २०८३
images
images

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

एक्सप्रेस पाना
बैशाख ८, २०७९ बिहीबार
  • 410
    SHARES
  • लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    वैशाख ८ लमजुङ । स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतसमेत रहेका  जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको बताए।

    images

    लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला समन्वय समितिको  भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको हो । लमजुङ  जिल्लाका सबै आठ स्थानीय तहमा पनि आजै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए।  लमजुङमा चार गाउँपालिका र चार  नगरपालिका रहेका छन्।