वैशाख ८ चौतारा । सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिएका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका तामाङले आज राजीनामा दिएका हुन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उनी फेरि प्रमुख पदमा पार्टीबाट सिफारिस भए पछि तामाङ फेरि निर्वाचनमा उठ्ने दाबी गरेका छन् ।
निर्वाचन आयोगको प्रावधानअनुसार आउँदो निर्वाचनमा उम्मेदवारी दर्ता गराउने जनप्रतिनिधिले राजीनामा दिनुपर्नेछ । जिल्लाका प्राय दोहोरिने जनप्रतिनिधि धेरैले राजिनामा दिन लागिएको बताएका छन । साभार रेडीयो मेलम्ची
.jpg)


