बिहीबार , कार्तिक २० गते २०८३
images
images

विराटनगर महानगर मेयर-उपमेयरमा जसपाबाट आठजनाको नाम सिफारिस

एक्सप्रेस पाना
बैशाख ९, २०७९ शुक्रबार
  • 226
    SHARES
  • विराटनगर महानगर मेयर-उपमेयरमा जसपाबाट आठजनाको नाम सिफारिस

    वैशाख ९ काठमाडौं । जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा आठजनाको नाम सिफारिस गरेको छ । गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाए पनि जसपाले पनि मेयर र उपमेयर भन्दै आठजनाको नाम सिफारिस गरेको हो ।

    images

    गठबन्धनमा जसपाले विराटननगरको उपमेयर पाएको छ । शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम समावेश गरिएको छ । जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम पनि राखिएको छ । 

    अमरेन्द्रसहित भुराज राई, डा.रामविलास यादव, मो.नसरूल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम मेयर र उपमेयरमा सिफारिस गरिएको छ । 

    images

    ३० वैशाखमा हुने स्थानीय तह निर्र्वाचनको ११ र १२ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ ।

    Avatar