बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमालेका प्रदेश समिति सदस्य मियाँ माओवादी केन्द्रमा प्रवेश

एक्सप्रेस पाना
बैशाख १०, २०७९ शनिबार
  • 454
    SHARES
  • एमालेका प्रदेश समिति सदस्य मियाँ माओवादी केन्द्रमा प्रवेश

    वैशाख १० काठमाडौं । नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मोहमद इस्लाम मियाँ एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  

    images

    राजविराजमा सनिवार आयोजित कार्यक्रमका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अशोककुमार मण्डल, केन्द्रीय सदस्य असर्फी सदालगायतका नेताले उनलाई माला र टीका लगाएर पार्टी प्रवेश गराए । मियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । २०७७ सालमा प्रतिनिधि सभा निर्वाचनमा पनि क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए ।

    यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा मियाँ पुनः मेयरमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्यहरू महेशकुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

    images