सोमबार, भाद्र २९ गते २०८३
images

मलेसियाका प्रधानमन्त्री यासिनले दिए राजीनामा, सबैलाई चकित पार्ने यस्तो छ रहस्य

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 338
    SHARES
  • मलेसियाका प्रधानमन्त्री यासिनले दिए राजीनामा, सबैलाई चकित पार्ने यस्तो छ रहस्य

    काठमाडौँ । मलेसियाका प्रधानमन्त्री युहयिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन्। मलेसियाका राजासमक्ष यासिनले राजीनामा बुझाएका हुन्। राजीनामापछि राजाले उनलाई नै मुलुकको अन्तरिम प्रधानमन्त्री बनाएका छन्। पछिल्लो केही महिनादेखि चलिरहेको राजनीतिक खिचातानीको कारण यासिनले आफ्नो बहुमत गुमाएका हुन्।

    images

    मलेसियाका राजा अल सुल्तान अब्दुल्लाहले निर्वाचनमा जानु राम्रो विकल्प नभएको भन्दै यासिनलाई नै कायममुकायम प्रधानमन्त्री बनाउने निर्णय गरे।

    राजीनामापछि प्रधानमन्त्री यासिनले आफूले विश्वासको मत गुमाएको कारण पदबाट राजीनामा दिएको बताएका छन्। उनको गठबन्धनको प्रमुख पार्टी युनाइटेड मलायाज नेशनल अर्गनाइजेसन (यूएमएनओ) ले समर्थन फिर्ता लिएसँगै उनको सरकार ढलेको हो।

    images