बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज १६औँ लोकतन्त्र दिवस

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 342
    SHARES
  • आज १६औँ लोकतन्त्र दिवस

    वैशाख ११ काठमाडौं । १६औँ लोकतन्त्र दिवस आज मनाइँदै छ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भइ लोकतन्त्र स्थापना भएको थियो ।

    images

    सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ । 

    कतिपयले त सत्ता सञ्चालकबाटै लोकतन्त्र संस्थागत भन्दा पनि संकटमा पार्ने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गर्ने गरेका छन् ।

    images

    दिवसको अवसमा भने सरकारले हरेक वर्ष सार्वजनिक विदा दिँदै आएको छ ।