शनिबार, भाद्र २७ गते २०८३
images

साढे ६ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 405
    SHARES
  • साढे ६ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ

    वैशाख ११ हेटौंडा । मकवानपुर प्रहरीले ६ ग्राम ६८० मिली ग्राम लागुऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा-२ बस्ने सन्तोष पोखरेलको कोठा चेकजाँच गर्ने क्रममा शंखभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध खैरो हिरोइनसहित उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेको पोखरेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । 

    images