आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजार ९६ अंकले बढ्यो

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 500
    SHARES
  • सेयर बजार ९६ अंकले बढ्यो

    वैशाख ११ काठमाडौं । सेयर बजार नेप्से आइतबार हरियाली छाएको छ । हरियाली छाएको नेप्से आइतबार एकैदिन ९६ अंकले बढेको छ।

    images

    केही महिनादेखि निरन्तर घटेको सेयर बजार बजारमा आइतबार एकैदिन ४.११ प्रतिशतले वृद्धि भएर नेप्से परिसूचक २४ सय २० दशमलव ९७ बिन्दुमा पुगेर बन्द भएको छ । 

    सेयर बजारमा उछाल आउँदा कारोबार रकममा समेत वृद्धि भएको छ । नेप्सेमा बुधबार ६६ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम गत साताको कारोबारको अन्तिम दिन बिहीबारको कारोबार रकम भन्दा करिब ९० करोड रुपैयाँभन्दा बढी हो ।

    images

    बिहीबार नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६२ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।  लाईफ इन्स्योरेन्स र नन् लाईफ इन्स्योरेन्सका सेयर धनीले मनग्य नाफा कमाएका छन् । लाईफ इन्स्योरेन्स परिसूचकमा ४ सय २३ अङ्कले बढेर १३ हजार ३५ बिन्दुमा पुगेको छ भने र नन् लाईफ इन्स्योरेन्स परिसूचक ४ सय ३४ अङ्कले बढेर १० हजार ९ सय ६१ अङ्कमा पुगेर बन्द भएको छ ।

    बजारमा १९३ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने एउटा मात्र कम्पनी नेस्टो लघुवित्तका सेयर धनीले गुमाएका छन् । नेप्सेमा  १० कप्पनीको सेयर मूल्यमा सर्किट लाग्दा ३६ कम्पनीले ९ प्रतिशत भन्दा बढी नाफामा कारोबार भएको छ।